Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • इन्स्पेक्टर भट्टराई दुई महिनादेखि वेपत्ता, सात दिनभित्र उपस्थित हुन निर्देशन

    इन्स्पेक्टर भट्टराई दुई महिनादेखि वेपत्ता, सात दिनभित्र उपस्थित हुन निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, ८ मंसिर २०८०
  • 12.5K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले आफूखुशी गैरहाजिर रहेका नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) टंक भट्टराईलाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।

    असोज १ गतेदेखि आफूखुशी गैरहाजिर रहेका प्रहरी अस्पतालमा कार्यरतमा कार्यरत इन्स्पेक्टर भट्टराईलाई सात दिनभित्र उपस्थित हुन गृहले सूचना प्रकाशन गर्दैे निर्देशन दिएको हो ।



    उनी प्रहरी अस्पताल मेडिकल रिसर्च युनिट महाराजगंज दरबन्दी भएका प्राविधिक इन्स्पेक्टर हुन् ।



    कार्यालयमा गैरहाजिर भएपछि खोजतलास गर्दा फेला नपरेपछि हाजिर हुन आउनेसम्बन्धी सात दिने सूचना जारी गरिएको सूचनामा उल्लेख छ । साथै भविष्यमा सरकारी सेवाको लागि योग्य नठहरिने गरी सेवाबाट हटाउने पनि चेतावनी दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार