Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • युद्धविराम सम्झौतापछि गाजापट्टीमा पुगे इन्धन ट्रक

    युद्धविराम सम्झौतापछि गाजापट्टीमा पुगे इन्धन ट्रक

    अनलाइन नेपाल
  • शुक्रबार, ८ मंसिर २०८०
  • 552
    SHARES

    गाजा । इजरायल र हमासबीच शुक्रबार बिहान अस्थायी युद्धविराम लागु भएपछि इन्धन र खाना पकाउने ग्यासले भरिएका ट्रकहरू गाजापट्टीमा प्रवेश गरेका छन् ।

    प्यालेस्टिनी सुरक्षा स्रोतले नाम नछाप्ने सर्तमा बताएअनुसार इन्धन र खाना पकाउने ग्यास बोकेका ट्रकहरू गाजापट्टीमा ढुवानी गर्न विशेष क्षेत्रमा आइपुगेका छन् ।



    योसँगै गाजापट्टी र इजिप्टबीचको विवादित भूमि पार हुँदै अन्य किसिमका मानवीय आपूर्ति पनि सहज हुने अपेक्षा गरिएको छ । हमासले प्रेस विज्ञप्तिमा भनेको छ, ‘युद्ध अवधिमा दैनिक २०० ट्रक राहत र चिकित्सा सामग्री र चार ट्रक इन्धन र खाना पकाउने ग्यास गाजापट्टीमा प्रवेश गर्नेछ।’



    यसअघि, कतार र इजिप्टको मध्यस्थतामा इजरायल र हमासबीचको मानवीय युद्धविराम घेराबन्दीमा परेको तटीय क्षेत्रमा लागु भएको थियो ।

    गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा हमासले बन्धक बनाएका १३ जनालाई रिहा गरेपछि इन्धन र खाना पकाउने ग्यासको आपूर्ति गर्ने योजना बनाइएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार