Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • एसईई आइडल-३ लाई पोखराको होटेल वोस्टनको साथ

    एसईई आइडल-३ लाई पोखराको होटेल वोस्टनको साथ

    अनलाइन नेपाल
  • आइतबार, १० मंसिर २०८०
  • 480
    SHARES

    काठमाडौं । नृत्य र गायन विधाको सुप प्रदेश स्तरीय प्रतियोगिता एसईई आइडल-३ मा प्रायोजकहरू जोडिने क्रममा पोखराको बोस्टन होटेल पनि टुर पार्टनरका रुपमा जोडिएको छ । बोस्टन होटेल पोखराको ड्याम साइडमा रहेको बोस्टन होटेल पछिल्लो समयमा कलेजको टुरमा वा व्यक्तिगत रुपमा पोखरा पुग्ने पर्यटकहरूको रोजाई बन्ने गरेको छ ।

    कला क्षेत्रको प्रवर्द्धन आफ्नो पनि जिम्मेवारी भएकाले यस कार्यक्रममा जोडिएको कुरा बोस्टन होटेलका सञ्चालक डण्ड ओझाले बताए । एसईई आइडलको यस संस्करणमा गुरुजि सटिङ एन्ड सुटिङ, समैजी अफसेट प्रेस, होटेल डिभोटी, एम.बि. पनि प्रायोजकको रुपमा जोडिसकेका छन् ।



    एसईई आइडलका सुपका ९ जिल्लाका २५ बढी स्थानहरूमा अडिसनहरू आयोजना हुनेछन् । जसमा यस वर्ष एसईई दिने विद्यार्थीहरूले सहभागी हुन पाउनेछन् । यस वर्षको असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरू सञ्चालन हुनेछन् ।



    जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८१ वैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरूले २०८१ असार १ गते हुने फाइनलमा प्रवेश पाउनेछन् । फाइनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् ।

    दुवै विधाका विजेता र उप विजेताले क्रमशः रु. ५०-५० हजार र रु। २५-२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।

    अडिसन स्थलहरूको खोजी भइरहेकोले यस प्रतियोगिता सहभागी हुन इच्छुक विद्यार्थी तथा विद्यालयहरूलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरू भव्य रूपले आयोजना गरी सकेको छ भने यस संस्करणका अडिसनहरू पनि आयोजना भइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार