Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • कञ्चनपुरको बेलौरीमा एसईई आइडलको अडिसन सकियो

    कञ्चनपुरको बेलौरीमा एसईई आइडलको अडिसन सकियो

    अनलाइन नेपाल
  • आइतबार, २४ मंसिर २०८०
  • 387
    SHARES

    कैलाली । प्रदेश स्तरीय नृत्य र गायन विधाको सुदूरपश्चिम प्रदेश स्तरीय प्रतियोगिता एसईई आइडलको तेस्रो संस्करणको अडिसन कञ्चनपुरको बेलौरी नगरपालिकाको शान्ति माध्यमिक विद्यालय शान्तिपुरमा सम्पन्न भएको छ ।

    प्रदेश युवा परिषद् एसईई आइडल प्रभात मिडिया एण्ड इभेन्ट प्रा।लि।ले विगत तीन वर्ष देखि हरेक वर्ष आयोजना गरिरहेको छ । विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर थापाले यो महत्पूर्ण अवसरको प्रयोग गरी विद्यार्थीहरूले सुनौलो मौका पाउने विश्वास व्यक्त गर्नुभयो ।



    एसईई आइडल ३ का सुपका ९ जिल्लाका ३० बढी स्थानहरूमा अडिसनहरूमा आयोजना गरिनेछ । यस वर्ष एसईई दिने विद्यार्थीहरूले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत वर्ष जस्तै नृत्य र गायन प्रतिभाहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् ।



    असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरू सञ्चालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धीहरुले २०८१ वैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५९१५ जना प्रतिस्पर्धीहरूले २०८१ असार १ गते हुने फाइनलमा प्रवेश पाउनेछन् ।

    फाइनलबाट दुवै विधामा १९१ जना विजेता र १९१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमश : रु. ५०-५० हजार र रु. २५-२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११/१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।

    थप अडिसन स्थलहरूको खोजी भइरहेकोले यस प्रतियोगिता सहभागी हुन इच्छुक विद्यार्थी तथा विद्यालयहरूलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरू भव्य रूपले आयोजना गरी सकेको छ ।

    मुख्य प्रवर्द्धकका रूपमा प्रदेश युवा परिषद्, सुप रहेको एसईई आइडल ३ मा रेडिकल यस कार्यक्रममा रेडिकल एकेडेमी लगायतका विभिन्न सङ्घसंस्थाको पनि विशेष सहयोग रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार