Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • ‘एसईई आइडल-३’ लाई होटल डिभोटीको साथ

    ‘एसईई आइडल-३’ लाई होटल डिभोटीको साथ

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 783
    SHARES

    कैलाली । एसईई आईडल-३ मा हस्पिटालिटी पार्टनरका रुपमा धनगढीको होटल डिभोटी जोडिएको छ । एसईई आइडल ३ सुप प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता हो ।

    एसईई आईडल(३ आयोजक संस्था प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.का अध्यक्ष प्रकाश बहादुर छेडाल र होटल डिभोटीका जनरल म्यानेजर हरिष भण्डारीका बिचमा आज प्रायोजन सम्बन्धि सम्झैता पत्रमा हस्ताक्षर भएको छ ।



    समाजमा हुनेगरेका सकारात्मक काम सहयोग पुर्याउनु हरकको कर्तव्य भएकाले होटल डिभोटी पनि यश कार्यक्रममा जोडिएको जनरल म्यानेजर भण्डारीले बताए ।



    एसईई आईडलका सुपका ९ जिल्लाका २५ बढी स्थानहरुमा अडिसनहरु आयोजना हुनेछन् । जसमा यस वर्ष एसईई दिने विद्यार्थीहरुले सहभागी हुन पाउनेछन् । यस बर्षको असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् ।

    जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् । फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् ।

    दुवै विधाका विजेता र उप विजेताले क्रमश: रु. ५०-५० हजार र रु. २५-२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।

    अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार