Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अष्ट्रेलियासँग पाँच विकेटले हार्‍यो भारत

    अष्ट्रेलियासँग पाँच विकेटले हार्‍यो भारत

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 729
    SHARES

    काठमाडौं । भारतसँगको तेस्रो टी–२० क्रिकेटमा अष्ट्रेलिया ५ विकेटले विजयी भएको छ । गुवाहाटीमा हिजो भएको खेलमा जितका लागि २ सय २३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो ।

    अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले शतक बनाए । उनी एक सय चार रनमा अविजित रहे । ट्रविस हेड ३५ रनमा आउट भए । कप्तान म्याथ्यु वेड २८ रनमा अविजित रहे । भारतका रवि विश्रोईले दुई तथा आवेश खान, अक्षर पटेल र अर्शदीप सिंहले समान एकरएक विकेट लिए ।



    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । भारतका ऋतुराज गायकवाडले एक सय २३ रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । कप्तान सूर्यकुमार यादव ३९ रनमा आउट भए । तिलक बर्मा ३१ रनमा अविजित रहे ।



    अष्ट्रेलियाका जेसन बेहरनडोफ, केन रिचर्डसन र आरोन हाड्लीले एक÷एक विकेट लिए । निक्कै रोमाञ्चक भएको खेलमा जितसँगै अष्ट्रेलिया पाँच खेलको शृङ्खलामा २–१ ले पछि छ । चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार