Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चीनले पत्ता लगायो १० करोड टनको तेल भण्डार

    चीनले पत्ता लगायो १० करोड टनको तेल भण्डार

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 2.4K
    SHARES

    फाइल तस्विर

    लान्झोउ । पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम चीनको गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ ।

    हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको (प्रमाणित) तेल भण्डार र ५६.२ मिलियन टनको (अनुमानित) तेल भण्डार फेला पारेको चाङ्छिङ आयलफिल्ड कम्पनीका उपमहाप्रबन्धक निउ सियाओबिङले बताएका छन् ।



    हाल, नयाँ तेल क्षेत्रको दैनिक कच्चा तेल उत्पादन ५०४ टन पुगेको छ । र, पत्ता लगाइएको तेल भण्डारहरूले प्रतिवर्ष पाँच लाख टनको कच्चा तेल उत्पादन क्षमता बनाएको निउले उल्लेख गरेका छन् ।



    यसअघि, चाङ्छिङ आयलफिल्डले विश्वस्तरीय अल्ट्रा–ठूलो तेल निर्माण गरेको थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार