Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

    मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 660
    SHARES

    फाइल तस्विर

    सर्लाही। सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु  भएको छ ।

    घटनास्थलमै मृत्यु भएका अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन ।



    पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका ४ पुरानो चौकी नजिक प्र २ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।



    प्र २ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकलबाट लडेका व्यक्तिलाई मलंगवाबाट काठमाडौं तर्फ जाँदै गरेको ना ७ ख १८३६ नम्बरको बसले किचेको थियो ।

    उनको घटनास्थलमै मृत्यु भएको र मोटरसाइकल चालक भागेकाले मृतकको पहिचान हुन नसकेको सर्लाही प्रहरीले जनाएको छ ।

    शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार