Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अर्थ समितिको निर्देशन – एनसेल खरिद-बिक्रीबारे १५ दिनभित्र जानकारी पेस गर्नू

    अर्थ समितिको निर्देशन – एनसेल खरिद-बिक्रीबारे १५ दिनभित्र जानकारी पेस गर्नू

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 564
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले एनसेलको सेयर स्वामित्व खरिद बिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेस गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

    सिंहदरबारमा बुधबार बसेको समिति बैठकले एनसेल खरिद बिक्रीको वास्तविकतासहितको सम्पूर्ण विवरण १५ दिनभित्र लिखितरूपमा पेस गर्न निर्देशन दिएको हो ।



    बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटा लिमिटेडले सेयर खरिद बिक्रीसम्बन्धी विषयमा समितिलाई जानकारी गराएका थिए । छलफलपछि यस विषयमा समग्र कागजात मगाउने निर्णय गरिएको छ ।



    मलेसियन कम्पनी आजियटाले गत शुक्रबार एनसेलको ८० प्रतिशत सेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि विवाद भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार