Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • द्रुत मार्गको काम द्रुत रूपमा अघि बढिरहेको छ : प्रधान सेनापति शर्मा

    द्रुत मार्गको काम द्रुत रूपमा अघि बढिरहेको छ : प्रधान सेनापति शर्मा

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 501
    SHARES

    काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले द्रुत मार्गको काम द्रुत गतिमा अगाडि बढिरहेको बताएका छन् ।

    संसदको राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा प्रधान सेनापति शर्माले उक्त जानकारी गराएका हुन्।



    कोभिड-१९, खोकनामा जग्गा खरिद प्रक्रिया हुन नसकेको लगायतका कारणले आयोजना निर्माणमा ढिलाइ भएको भए पनि अहिले कामले गति लिएको उनको भनाइ थियो।



    ८९ वटा पुलमध्ये ७२ वटा पुलको ठेक्का भैसकेको र बाँकी ठेक्का प्रक्रियामा रहेको प्रधान सेनापति शर्माले बताए । वातावरणीय मूल्याङ्कन प्रतिवेदन स्वीकृतका लागि बन मन्त्रालयमा दुई वटा प्रतिवेदन पेस भएको उनको भनाइ छ।

    कोभिडले आयोजनाको काम ४ महिना ढिलो भएको, विस्तृत आयोजना स्वीकृत साढे दुई महिना प्रभावित भएको र रुख कटान र जग्गाको भोगाधिकार गत जेठ देखि रोकिएको प्रधान सेनापति शर्मालेले जानकारी दिए।

    छलफलको सदस्यहरूको प्रश्नको जवाफ दिँदै शर्माले हाल भारतबाट विस्फोटक पदार्थ आपूर्ति हुन नसके पनि चीनबाट आपूर्ति भइरहेको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार