Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • राप्रपा अध्यक्ष लिङ्देन हङकङ प्रस्थान

    राप्रपा अध्यक्ष लिङ्देन हङकङ प्रस्थान

    अनलाइन नेपाल
  • शनिबार, ७ पुष २०८०
  • 543
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन हङकङ प्रस्थान गरेका छन् ।

    पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा उनी शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।



    उनले त्यहॅा आयोजित समाजको अधिवेशनलाई सम्बोधन गर्नुका साथै हङकङमा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया कार्यक्रम रहेको छ ।



    अध्यक्ष लिङ्देनको भ्रमण दलमा राप्रपा बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवासी नेपाली एकता समाजका आइसिसि अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मत जङ्ग कार्की सहभागी रहेका छन् ।

    हङकङ प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार