Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बसको ठक्करबाट पोखरामा फुटपाथ व्यवसायीको मृत्यु

    बसको ठक्करबाट पोखरामा फुटपाथ व्यवसायीको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 597
    SHARES

    पोखरा । ब्रेक फेल भएको बसले ठक्कर दिँदा पोखरा–२७ डाँडामा एक फुटपाथ व्यवसायीको मृत्यु भएको छ ।

    बागलुङबाट भैरहवा जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बसको ठक्करले भारतीय नागरिक ३० वर्षीया इश्रावती कुमारीको निधन भएको हो ।



    लेखनाथ महोत्सवस्थलको गेटअघि फुटपाथमा गमला बिक्री गर्न बसिरहेको अवस्थामा उनलाई बसले ठक्कर दिएको थियो ।



    दुर्घटनापछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    ब्रेक फेल भएको बस सडक किनाराको माटोको ढिस्कोमा ठोक्किन पुगेको थियो । बसमा सवार दुई यात्रु समेत घाइते भएका छन् ।

    घाइते हुनेमा तनहुँको म्याग्दे गाउँपालिका–८ का ३६ वर्षीय रामजी गन्धर्व र पर्साको दीप नगरपालिका–१ कि ४६ वर्षीया चिजमाया गन्धर्व रहको छन् । उनीहरुको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार