Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जापान भूकम्प : मृतकको संख्या ३० पुग्यो

    जापान भूकम्प : मृतकको संख्या ३० पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, १७ पुष २०८०
  • 573
    SHARES

    फाइल तस्विर

    एजेन्सी । जापानको इशिखावा प्रिफेक्चरमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

    भूकम्पले सबै भन्दा बढी क्षति पुर्‍याएको इशिखावा प्रिफेक्चरमा मात्रै ३० जनाको मृत्यु भएको हो ।



    सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार वाजिमा शहरमा १५ जना, सुजु शहरमा ६, नानाओ शहरमा ५, अनामिजु शहरमा २, हाकुई शहर र शिगा टाउनमा १-१ गरी ३० जनाको मृत्यु भएको छ ।



    आज बिहान पनि ५.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प र सुनामीका कारण घाइतेको संख्या अहिलेसम्म यकिन छैन ।

    सोमबार जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएपछि प्रशासनले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रबाट मानिसहरूलाई बाहिर निस्कन आग्रह गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार