Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दिल्लीका मुख्यमन्त्री केजरीवाल सुरक्षाकर्मीको घेरा बन्दीमा, पक्राउ गर्ने आशंका

    दिल्लीका मुख्यमन्त्री केजरीवाल सुरक्षाकर्मीको घेरा बन्दीमा, पक्राउ गर्ने आशंका

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवास बाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

    प्रवर्तन निर्देशनालय (इडी) ले भ्रष्टाचारका सम्बन्धमा बयानका लागि उपस्थित हुन मुख्यमन्त्री केजरीवाललाई समन जारी गरेको थियो । तर लगातार समन जारी हुँदासमेत केजरीवालले बेवास्ता गरेपछि गिरफ्तार गर्न लागिएको हुनसक्ने आशंका गरिएको छ ।



    मुख्यमन्त्री केजरीवाल दिल्लीको सत्तारुढ दल आम आदमी पार्टीका मुख्य नेतासमेत हुन् ।



    बुधबार रातिदेखि नै आम आदमी पार्टीका नेता तथा कार्यकर्ताहरुले केजरीवाललाई गिरफ्तार गर्न सक्ने आशंका व्यक्त गरेका छन् ।

    मदिरा घोटाला प्रकरणमा छानबिनका लागि इडीले यसअघि २ नोभेम्बर र २१ डिसेम्बरमा समन जारी गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार