Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • जयशंकरले गरे पशुपतिनाथको दर्शन, रुद्राक्षको बिरुवा पनि रोपे

    जयशंकरले गरे पशुपतिनाथको दर्शन, रुद्राक्षको बिरुवा पनि रोपे

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 747
    SHARES

    काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर पशुपतिनाथको दर्शन गरेका छन् । बिहीबार दुई दिने भ्रमणका लागि नेपाल आएका जयशंकरले आज बिहान पशुपतिनाथ मन्दिर दर्शन एवं पूजाअर्चना गरेका हुन् ।

    उनले पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरूवा पनि रोपेका छन् । पशुपति मन्दिर परिसरमा उनले रुद्राक्षको एउटा बोट पनि रोपेको पशुपति क्षेत्रविकास कोषले जनाएको छ । उनलाई पशुपति क्षेत्र विकास कोषका पधाकिारीले स्वागत गरेका थिए ।



    उनले आजै त्रिवि पुस्तकालय तथा भुकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन्। विदेशमन्त्री जयशंकर दिउँसो साढे १२ बजे स्वदेश फर्किने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



    जयशंकरले भ्रमणका क्रममा बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत विभिन्न राजनीतिक दलका प्रमुखरहरूसँग भेटवार्ता गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार