Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रतिनिधि सभामा असफल सिटौला कांग्रेसबाट राष्ट्रिय सभामा उम्मेदवार

    प्रतिनिधि सभामा असफल सिटौला कांग्रेसबाट राष्ट्रिय सभामा उम्मेदवार

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 849
    SHARES

    काठमाडौं । राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशबाट नेता कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने नेपाली कांग्रेसले निर्णय गरेको छ ।

    पार्टी कार्यालय सानेपामा आइतबार बसेको संसदीय बोर्डको बैठकले सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्ता गठबन्धनका राष्ट्रिय सभाको टिकट पाएसँगै नेता सिटौला आजै कोशी प्रदेशको राजधानी विराटनगर हानिएका छन् ।



    सत्ता गठबन्धनबाट कांग्रेसले पाएका १० सिट मध्ये अरू ९ सिटमा भने सहमति नभएको स्रोतले बतायो ।



    प्रतिनिधि सभाका दुई वटा निर्वाचनमा लगातार हार व्यहोरेर संसदीय भूमिकाबाट टाढिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला यसपटक राष्ट्रिय सभामार्फत पुनः संसद फर्कने तयारीमा छन् ।

    उनी राष्ट्रिय सभा अध्यक्षका दाबेदारसमेत हुन् । स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने बचन दिइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार