Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट अलग !

    सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट अलग !

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 756
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिमबाट अलग भएका छन् । जिल्ला अदालत काठमाडौँबाट बलात्कार मुद्दामा ८ वर्षको कैद सजायको फैसला भएसँगै लामिछानेले राष्ट्रिय टीमबाट अलग भएको घोषणा गरेका हुन् ।

    स्रोतका अनुसार सन्दीपले नेपाल क्रिकेट संघका अध्यक्ष चतरबहादुर चन्द र सचिव पारस खड्कालाई बुधबार एक पत्र लेख्दै यसबारे जानकारी गराएका छन् ।



    उनले जिल्लाको फैसलाविरुद्ध पुनरावेदन जान लागेको र त्यहाँबाट निर्दोष भएको खण्डमा पुनः क्रिकेटमा फर्किनेसमेत बाचा गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आज सन्दीपबारे आफ्नो निर्णय सार्वजनिक गर्नेछ ।



    राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा बलात्कारको उजुरी परेको थियो ।

    सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उजुरी थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार