Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अत्तरियामा कुटपिटबाट एक जनाको मृत्यु

    अत्तरियामा कुटपिटबाट एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 870
    SHARES

    फाइल तस्विर

    धनगढी । । कैलालीको अत्तरियामा एक जनाको कुटपिटबाट मृत्यु भएको छ ।

    गोदावरी नगरपालिका स्थित अत्तरिया बजारमा रहेको दोहरी साँझमा कुटपिटमा परी कञ्चनपुरको कृष्णपुर नगरपालिका ५, गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको हो ।



    २५ गते राति दोहरी साँझमा कुटपिटमा पछि देउवा घर पुगेको र परिवारका सदस्यले राति नै उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा ल्याएका थिए ।



    उपचारकै क्रममा अस्पतालमा देउवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    देउवाको ज्यान गएपछि परिवारले इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दिएको थिए ।

    शनिवारसम्म ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार