Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • तुलसीपुरको प्लास्टिक गोदाममा आगलागी

    तुलसीपुरको प्लास्टिक गोदाममा आगलागी

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 468
    SHARES

    फाइल तस्विर

    दाङ । तुलसीपुर बजारको अरनिको मैदान नजिकै रहेको एक गोदाम घरमा सोमबार राति साढे आठ बजेतिर आगलागी भएको छ।

    तुलसीपुर-५ का व्यवसायी प्रमोद सोनीको प्लास्टिक गोदाम घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए।



    नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।



    आगलागी भएलगत्तै तुलसीपुर उपमहानगरपालिकाको दमकल र पानी ट्यांकरको सहायताले आगो निभाउने प्रयास भइरहेको छ।

    गोदाम नजिकका घरमा रहेकाहरूलाई सुरक्षाकर्मी र स्थानीयको सहयोगमा सुरक्षित रूपमा बाहिर ल्याइएको छ। आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार