Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • ५४ अंकले नेप्से बढ्दा ८ अर्बको कारोबार

    ५४ अंकले नेप्से बढ्दा ८ अर्बको कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, २ माघ २०८०
  • 390
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज सेयर बजारको परिसूचक नेप्से ५४.५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१७५ अंकमा कायम भएको छ ।

    नेप्सेको यो अंक साउन ८ यताकै उच्च हो । सो दिन नेप्से २२ सय विन्दु पुगेको थियो । कारोबार रकम पनि ८ अर्ब नाघेको छ ।



    नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ८ अर्ब २ करोड ३८ लाख ६२ हजार रुपैयाँ बराबरको २ करोड ३३ लाख ७० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।



    यसदिन १३ वटै उपसूचक धनात्मक हुँदा अधिकांश उपसूचक २ प्रतिशत माथिले बढेका छन् ।

    फाइनान्स समूह ४.७५ प्रतिशतले बढेको छ भने इनभेष्टमेन्ट समूह ३.७० प्रतिशतले, हाइड्रोपावर समूह ३.५१ प्रतिशतले र माइक्रोफाइनान्स समूह ३.०२ प्रतिशतले बढेको छ ।अरु बाँकी उपसमूह २ प्रतिशत कमले बढेका छन् ।

    आज बुटवल पावर कम्पनी लि, युनाइटेड मोदीस हाइड्रोपावर लि, हिमालयन पावर पार्टनर लि, एनआरए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि र नेपाल वेयरहाउजिङ्ग कम्पनी लि.को सेयर मूल्यमा सर्किट लागेको छ भने डेढ दर्जन कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशतमाथिले बढेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार