Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • भीड नियन्त्रणमा घातक हतियारको प्रयोग निषेधको मागमा आज सुनुवाइ हुँदै

    भीड नियन्त्रणमा घातक हतियारको प्रयोग निषेधको मागमा आज सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, ४ माघ २०८०
  • 432
    SHARES

    काठमाडौं । जनप्रदर्शन तथा भीड नियन्त्रणका लागि घातक हतियारको प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज हुँदैछ ।

    पछिल्लो समय प्रदर्शनकै क्रममा ललितपुरको बालकुमारीमा दुई युवा र सर्लाहीको बरहथवामा एक युवकको प्रहरीको गोलीबाट मुत्यु भएको प्रकरणलाई आधार बनाएर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको हो ।



    अन्तर्राष्ट्रिय महासन्धिले पनि भीड नियन्त्रणमा घातक हतियारको प्रयोग र अत्यधिक बल प्रयोग दुवै निषेधित गरेको भन्दै त्यस्तो कार्यमा संलग्न सुरक्षा अधिकारीलाई समेत कारबाही गर्ने स्पष्ट व्यवस्था गरेको रिटमा उल्लेख छ ।



    नेपालको संविधानले पनि प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको भन्दै सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकमा समेत राज्यले नै प्रहार गरिरहेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार