Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • नेप्से ७ अंकले घट्दा ८ अर्ब १७ करोडको कारोबार

    नेप्से ७ अंकले घट्दा ८ अर्ब १७ करोडको कारोबार

    अनलाइन नेपाल
  • बिहिबार, ४ माघ २०८०
  • 438
    SHARES

    फाइल फोटो

    काठमाडौं । साता कारोबारको अन्तिम दिन आज सेयर बजार परिसूचक नेप्से ७ अंकले घटेको छ।

    अघिल्लो कारोबार दिन बुधबार १२.१० अंकले घटेको नेप्से परिसूचक आज ७.२४ अंकले गिरावट आएर २१५५.८२ विन्दुमा कायम भएको हो ।



    नेप्से घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ८ अर्ब १७ करोडमा खुम्चियो ।



    यस दिन हाइड्रोपावरसहित ३ समूह बढे । अन्य सबैभन्दा धेरै १.३० प्रतिशत बढ्यो भने हाइड्रोपावर ०.७९ र फाइनान्स ०.२० प्रतिशत बढे ।

    होटल समूह सबैभन्दा धेरै १.४ प्रतिशत घट्यो । बैंकिङ ०.६४, विकास बैंक ०.६५, लगानी ०.७५, जीवन बीमा ०.५२, उत्पादन १.२८, माइक्रोफाइनान्स १.०२, निर्जीवन बीमा १.१३ र ब्यापार समूह ०.८९ प्रतिशत घटे ।

    बजार घट्दा पनि रिडी पावर, गणपति लघुवित्त वित्तीय संस्था, सिनर्जी पावर र माहुली लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सीईडीबी हाइड्रोपावरको ९.८ प्रतिशत बढ्यो ।

    दोर्दी हाइड्रोपावरको ८.४, हिमालयन रिइन्स्योरेन्सको ८.४, इनिफिनिटी लघुवित्तको ७.९ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सोनापुर सिमेन्ट, ङादी ग्रुप, रिडी पावर र नेपाल वेयर हाउजिङ कम्पनी क्रमशः अगाडि रहे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार