Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • ६ महिनासम्म बिदा नलिएको भन्दै ५ प्रहरीलाई स्पष्टीकरण – घर परिवारको रेखदेख गर्नु पर्दैन ?

    ६ महिनासम्म बिदा नलिएको भन्दै ५ प्रहरीलाई स्पष्टीकरण – घर परिवारको रेखदेख गर्नु पर्दैन ?

    अनलाइन नेपाल
  • बिहिबार, ४ माघ २०८०
  • 2.7K
    SHARES

    खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले ६ महिनासम्म कुनै पनि बिदा नलिने प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोधेको छ ।

    प्रहरी नियमावली २०७१ अनुसार दिइएको बिदा सुविधा नलिएका पाँच प्रहरीलाई बिदामा नबसेको भन्दै स्पष्टीकरण सोधिएको हो ।



    स्पष्टीकरण सोधिनेहरुमा प्रहरी सहायक हवल्दार सविन थक्लुङ लिम्बू, प्रहरी जवानहरू सागर राई, द्वारिका राई, अनिल परियार र रुपेश तामाङ रहेका छन् ।



    स्पष्टीकरण पत्रमा भनिएको छ ‘६ महिनासम्म बिदा नजानुपर्ने कारण के हो ? बिदा लिई आफ्नो घरायसी समस्या समाधान गर्नुपर्छ भन्ने जानकारी छ वा छैन ? आफ्नो घर परिवारको रेखदेख गर्ने तपाईको कर्तव्यभित्र पर्छ भन्ने कुराको जानकारी छ वा छैन ? बिदा भुक्तान गरी सकेपश्चात नागरिकहरुमा मुस्कानसहितको गुणस्तरीय सेवा सुविधा दिनु पर्नेमा स्वयं आफ्नो समस्या नदर्साई कुनै किसिमको बिदा नगई आफैँमा उदासिनता बसेको देखिएका हुँदा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

    स्पष्टीकरणको २४ घण्टामा सन्तोषजनक जवाफ नआए प्रहरी नियमावलीबमोजिम कारबाही हुनेसमेत पत्रमा चेतावनी दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार