Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • १४ बर्षिया बालिकालाई बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

    १४ बर्षिया बालिकालाई बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले १४ बर्षिया बालिकालाई बलात्कार गरेको अभियोगमा एक शिक्षकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा रावाबेँसी गाउँपालिका-२ खार्पास्थित भाषा आधारभूत विद्यालयमा कार्यरत ३१ वर्षीय किशोर पोखरेल रहेका छन् । उनलाई बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।



    प्रहरीका अनुसार छोरीलाई बलात्कार गरेको भन्दै पीडितका बुवाले गत बिहीबार प्रहरीमा उजुरी दिएका थिए । सोही आधारमा आरोपित शिक्षकलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।



    स्वास्थ्य परीक्षणका क्रममा पीडित बालिका २० हप्ताको गर्भवती रहेको खुलेको आफन्तले बताएका छन् ।

    पक्राउ परेका शिक्षक पोखरेलमाथि गत भदौ ९ गते यता मात्रै पटक-पटक बालिकालाई बलात्कार गरेको अभियोग छ । उनलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार