Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ललितपुरका यी ठाउँमा आज ६ घण्टा विद्युत आपूर्ति बन्द हुने

    ललितपुरका यी ठाउँमा आज ६ घण्टा विद्युत आपूर्ति बन्द हुने

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 351
    SHARES

    काठमाडौं । ललितपुरको गोदावरी क्षेत्रमा आज ६ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।

    नेपाल विद्युत प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार शुक्रबार बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म विद्युत् आपुर्ती बन्द हुने भएको हो ।



    चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको लगनखेल वितरण केन्द्रले जनाएको छ ।



    यसबाट गोदावरी नगरपालिकाका ५, ६, ११, १२ र १३ नम्बर वडाका साथै लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका स्थानमा विद्युत् आपुर्ती बन्द हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार