Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विद्युत आयात प्रभावित हुँदा उद्योग समस्यामा

    विद्युत आयात प्रभावित हुँदा उद्योग समस्यामा

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 336
    SHARES

    फाइल फोटो

    काठमाडौँ । मुलुकभित्र उच्च माग हुने समयमा पर्याप्त विद्युत् आयात गर्न नसक्दा तराईका औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ ।

    आन्तरिक उत्पादन घट्दै गएको तर सम्बन्धित स्थानमा विद्युत् आपूर्ति गर्न पूर्वाधारको समस्या रहेकाले पनि उद्योग क्षेत्रमा पिक समयमा विद्युत् आपूर्ति गर्न समस्या भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।



    उद्योग सङ्गठन मोरङले पछिल्ला केही दिन बिहान र बेलुकी गरी आठ घण्टासम्म बिनापूर्वसूचना विद्युत् आपूर्ति अवरोध हुँदा उद्योग सञ्चालनमा समस्या भइरहेको जनाएको छ ।



    प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक मनोजकुमार सिलवालका अनुसार पिक समयमा भारतबाट पर्याप्त विद्युत् आपूर्ति हुन नसक्दा अवस्था हेरी आलोपालो गरी ३३ केभी प्रसारण लाइनमा विद्युत् विच्छेद गर्ने गरिएको छ ।

    प्राधिकरणले अहिले दैनिक करिब ४५० मेगावाटसम्म विद्युत् आयात गरिरहेको छ । इन्डियन इनर्जी एक्सेचेन्जको डे अहेड मार्केटबाट ढल्केबरसम्म पर्याप्त विद्युत् आपूर्ति गर्न सकिन्छ तर आन्तरिक प्रसारण लाइनको सीमितताले गर्दा आवश्यक ठाउँमा विद्युत् पुर्‍याउन सकिन्न । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार