Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गण्डकीबाट खुलातर्फ कांग्रेसका किरणबाबु विजयी

    गण्डकीबाट खुलातर्फ कांग्रेसका किरणबाबु विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 453
    SHARES

    काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा गण्डकीबाट खुलातर्फ गोरखाका किरणबाबु श्रेष्ठ निर्वाचित भएका छन्।

    श्रेष्ठले ३ हजार ८ सय ८ मत मत पाएर निर्वाचित भएका हुन्। उनले स्थानीय तहका १ सय जना प्रमुख तथा उपप्रमुख र प्रदेश सांसद ३६ जनाले मत दिएर निर्वाचित गराए।



    श्रेष्ठका विपक्षी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मतभार पाए। पराजुलीलाई स्थानीय तहका ६९ जना प्रमुख तथा उपप्रमुखले मत दिए भने प्रदेश सभाका २२ जना सांसदले मत दिएका थिए।



    खुलातर्फ सत्ता गठबन्धनका १ जना स्थानीय जनप्रतिनिधीले भोट क्रस गरेर एमाले उम्मेदवारलाई मत दिएका थिए।

    राप्रपाबाट खुलातर्फ उम्मेदवार बनेका रोमबहादुर भण्डारीले २ जना प्रदेश सांसदको मात्र मत पाएका थिए । उनको मतभार १ सय ६ मतभार पाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार