Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 873
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    मध्यपुर ठिमी नगरपालिका ४ एसएस चोकमा बा ३ क १७४५ नम्बरको टिप्परले ठक्कर दिँदा प्रदेश २–०३५ प ८०८३ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको बलेफी–५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको हो।



    मध्यपुर अस्पतालमा उपचारको क्रममा राति ९ बजेर ५३ मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ ।



    टिपर चालक मकवानपुरको मनहरी गाउँपालिका १ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३५ वर्षीय बोलमान वाईवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार