Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • नगद र गरगहना चोरी गरी भागेका दुई जना पक्राउ

    नगद र गरगहना चोरी गरी भागेका दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १२ फाल्गुन २०८०
  • 660
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भक्तपुरको एक घरबाट नगद र गरगहना चोरी गरी भागेको दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा ओखलढुंगा घर भई काठमाडौंको टेकु बस्दै आएका १९ वर्षीय राजेश भुजेल र काभ्रेपलान्चोक बनेपा नगरपालिका–६ का १८ वर्षीय समिर श्रेष्ठ रहेका छन्।



    उनीहरूले शुक्रबार साँझ भक्तपुर चाँगुनारायण नगरपालिका– ३ का भुवन खत्रीको घरमा दराज फुटाई विभिन्न गरगहना र नगद चारी गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।



    प्रहरीमा उजुरी आउनसाथ खटिएको प्रहरीले भुजेल र श्रेष्ठलाई सामानसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    उनीहरूको साथबाट सुनको चुरा ३ थान, सुनको चन्द्रमा, औठी, नेक्लेस, मुन्द्री, तिलहरी, पुतली र रानीहार १÷१ थान बरामद भएको छ ।

    साथै चाँदीको पाउजु, नगद एक हजार २६६ रुपैयाँ र तालचा फुटाउन प्रयोग हुने फलामको टिनो पनि बरामद भएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार