Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 528
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

    भक्तपुरको सानोठिमी आर्मी ब्यारेकनेर ओरालोमा नम्बर नखुलेको मोटसाइकलले ठक्कर दिँदा सानोठिमी बस्ने ६२ वर्षीय राम थापाको मृत्यु भएको हो ।



    मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थापाको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा सोही दिन बेलुकी ७ बजेर २१ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।



    शव पोष्टमार्टमका लागि केएमसी दुवाकोट अस्पताल राखिएको छ । मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार