Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ७१औँ विश्व कुष्ठरोग दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

    ७१औँ विश्व कुष्ठरोग दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 573
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । देशभर आज ७१औँ विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

    ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ आज सो दिवस मनाउन लागिएको हो ।



    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो ।



    यो रोगको उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको मध्यमबाट सर्ने महाशाखाले जनाएको छ । गत वर्ष २५ सय २२ जना नयाँ बिरामी फेला परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार