Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • उपप्रधानमन्त्री खड्काले गरे सैनिक कल्याणकारी निर्देशनालयको अवलोकन

    उपप्रधानमन्त्री खड्काले गरे सैनिक कल्याणकारी निर्देशनालयको अवलोकन

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 417
    SHARES

    काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक कल्याणकारी निर्देशनालयको अवलोकन गरेका छन् ।

    उनले आइतवार सैनिक कल्याणकारी निर्देशनालयको अवलोकन गरेका हुन् । अवलोकनपछि राज्यले आवश्यक महसुश गरेर सुम्पेका जिम्मेवारी निर्वाहमा नेपाली सेना सदैव अब्बल रहँदै उनले आएको बताए । ​​



    विक्रम सम्बत २०३२ मा स्थापना भई सञ्चालनमा रहेको गैरनाफामूलक कोष र मातहत सञ्चालित विविध गतिविधिबारे उनले जानकारी लिएका थिए ।



    मन्त्री खड्काले मुलुकका लागि मरिमेट्न तयार सैनिक व्यक्ति र तिनका परिवारजनसँग जोडिएको कल्याणकारीका प्रकृयागत जटिलता समाधानमा सरकारको पूर्ण सहयोग रहने बताए ।

    कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा, बलाधिकृत रथी अशोकराज सिग्देल तथा सैनिक कल्याणकारी बोर्डका कार्यकारी निर्देशक रथी गौरव तण्डुलसहितका पदाधिकारी सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार