Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहका लागि खुल्यो आवेदन

    सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहका लागि खुल्यो आवेदन

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 444
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहका लागि आवेदन खुलेको छ।

    यस वर्षको दीक्षान्त समारोहमा दीक्षित हुनका लागि विद्यार्थीहरूले आजदेखि फागुन २ गतेसम्म अनलाइनमार्फत भर्न पाउने गरी आवेदन खुलेको हो।



    २०७९ साल मंसिरदेखि २०८० माघ १५ गतेसम्म सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम।फिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूले आवेदन दिन पाउनेछन् ।



    आवेदन फाराम भरिसकेपछि मात्र दीक्षान्त समारोहमा सहभागी हुनका लागि दीक्षान्त शुल्क तथा गाउन/स्कार्फ/टोपीको धरौटीवापतको शुल्क परीक्षा नियन्त्रण कार्यालयको बैंक खातामा जम्मा गर्नुपर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार