Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड

    सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1.1K
    SHARES

    कैलाली । सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड भएको छ ।

    नेकपा एकीकृत समाजवादी पार्टी सम्बद्ध अनेरास्ववियूले परीक्षा नियन्त्रण कार्यालयमा शुुक्रबार तोडफोड गरेको हो ।



    दिउँसो परीक्षा नियन्त्रक देवसिंह नाथ र सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा पुगेका नेता तथा विद्यार्थीले तोडफोड गरेको विश्वविद्यालयले जनाएको छ ।



    परीक्षा नियन्त्रकको कार्यकक्षमा रहेका टेबुल, कुर्सी, सिसा, कागजपत्र भएको दराजमा क्षति पुुगेको छ । कार्यकक्षमा तोडफोड गरेपछि परीक्षा नियन्त्रण कार्यालयको कामकाज प्रभावित भएको छ ।

    अनेरास्ववियू कञ्चनपुरले भने उक्त घटना सिर्जना हुनुमा स्वयं परीक्षा नियन्त्रकसहित विश्वविद्यालयका पदाधिकारी जिम्मेवार रहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार