Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • इजरायल घटना : सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा

    इजरायल घटना : सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा

    अनलाइन नेपाल
  • मंगलबार, २३ असोज २०८०
  • 633
    SHARES

    फाइल तस्विर

    कैलाली । सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ । इजरायलमा हमासको आक्रमण परी १० जना विद्यार्थीको निधन भएपछि विश्ववियालयले आज शोक बिदा दिएको हो ।

    एग्रिकल्चर अध्ययन गर्ने विद्यार्थीहरू दक्षिण इजरायलको किवुज अलमुम भन्ने ठाउँमा कार्यरत थिए । गत शनिबार प्यालेस्टाइनको चरमपन्थी समूह हमासले इजरायलमा अन्धाधुन्द आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीहरुको मृत्यु भएको थियो । एक जना सम्पर्कविहीन छन् भने चार जना घाइते छन् ।



    इजरायलको सेनाको सहयोगमा घाइतेहरुको उपचार र सम्पर्कविहीन भएकाको खोजी जारी छ । १० नेपालीको मृत्युमा केन्द्र सरकारले पनि आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ ।



    यस्तै नेपालबाट इजरायलमा गएका सबै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली दूतावासको टोलीसँग सम्पर्कमा रहेका उनीहरूलाई इजरायलले हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने मन्त्रालयको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार