Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • धरहरामा पार्किङ बन्द गर्नु भनेपछि बालेनको जवाफ – पार्किङ बन्द हुँदैन, पत्र केपी ओलीलाई लेख्नू

    धरहरामा पार्किङ बन्द गर्नु भनेपछि बालेनको जवाफ – पार्किङ बन्द हुँदैन, पत्र केपी ओलीलाई लेख्नू

    अनलाइन नेपाल
  • सोमबार, २२ माघ २०८०
  • 678
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गर्न आह्वान गरेका छन् ।

    सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएपछि प्रमख बालेनले सामाजिक सञ्जालमार्फत यस्तो आह्वान गरेका हुन् ।



    उनले सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगर्न चेतावनी दिएका छन् । २०७८ वैशाख ११ गते तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट धरहरा उदघाटन भएको थियो ।



    उनले लेखेका छन्, ‘सोही उदघाटनलाई काठमाडौंका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालिन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे । तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’

    सहरी विकास मन्त्रालयले धरहरा निर्माणाधीन रहेको बताउँदै पार्किङ नगर्न भनेको थियो । तर उनले उद्घाटन गरेको २ बर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? भन्दै प्रश्न गरे ।

    ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ? उनले प्रश्न गर्दै भनेका छन् ।

    ‘तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ,’ उनले भने, ‘संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ,’ उनले लेखेका छन् ।

    साथै उनले धरहराको बेसमेन्ट सवारीसाधन पार्किङ बन्द नभएको स्पष्ट पारेका छन् । उनले लेखेका छन्,’अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदैछ, अझै ब्यबस्थापन गर्दै लग्नेछौ । अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथी रजाइ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौ महानगरमा रहुन्जेल कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन दिने छैनौ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार