Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ९ अंकले नेप्से बढ्दा २ अर्ब ५९ करोडको कारोबार

    ९ अंकले नेप्से बढ्दा २ अर्ब ५९ करोडको कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 387
    SHARES

    काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक ९.४४ अंक बढेको छ ।

    सो अंकको वृद्धिपछि नेप्से २०८५ अंकमा कायम भएको हो । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ ।



    अघिल्लो दिन २ अर्ब ४३ करोडको कारोबार भएकोमा यस दिन २ अर्ब ५९ करोडको कारोबार भयो ।



    १८१ कम्पनीको मूल्य बढ्दा ५७ को घट्यो भने ९ को स्थिर रह्यो । उत्पादन र निर्जीवन बीमा समूह सबैभन्दा धेरै १ प्रतिशत बढे ।

    बैंकिङ २, विकास बैंक ३४, फाइनान्स ५, होटल तथा पर्यटन ४०, हाइड्रोपावर २०, जीवनबीमा ७९, उत्पादन ६२, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा ११४ अंक बढे ।

    अन्य १० र ब्यापार समूह १५ अंक घटे । समाज लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्तको ९.४, युनाइटेड अजोडको ७.४, दोर्दीखोलाको ६.९, युनियन हाइड्रोपावरको ५.७, कर्णाली विकास बैंकको ५.६, त्रिशुली जलविद्युतको ४.९ प्रतिशत मूल्य बढ्यो ।

    सामलिङ पावरको मूल्य १० प्रतिशत घट्यो । त्यस्तै हिजो १० प्रतिशत मूल्य बढेको नेपाल टेलिकमको मूल्य भने ५ प्रतिशत घटेर प्रतिकित्ता ९०३ रुपैयाँ कायम भयाे ।

    अघिल्लो दिन ९५१ रुपैयाँ ५० पैसा पुगेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार