Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • जसपा सांसदहरूलाई निर्देशन – संसदमा प्रभावकारी भूमिका निर्वाह गर्नू

    जसपा सांसदहरूलाई निर्देशन – संसदमा प्रभावकारी भूमिका निर्वाह गर्नू

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 378
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दिएको छ ।

    सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले संसदको जारी अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दिएको हो ।



    महत्वपूर्ण विधेयकको छलफलका क्रममा उपस्थिति जनाउन र पार्टीको धारणा अभिव्यक्त गर्न बैठकले सांसदहरूलाई निर्देशन दिएको बताइएको छ ।



    संसदको हिउँदे अधिवेशनमा सांसदको भूमिका र अधिकभन्दा अधिक बैठकमा भाग लिएर विधेयकहरूलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

    संसदको क्यालेन्डरलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्नेमा पनि छलफल भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार