Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जसपामा फर्किए मधेश प्रदेशका स्वतन्त्र सांसद यादव

    जसपामा फर्किए मधेश प्रदेशका स्वतन्त्र सांसद यादव

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 534
    SHARES

    काठमाडौं । सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद अनिरुद्वप्रसाद सिंह यादव जनता समाजवादी पार्टी (जसपा) मा फर्किएका छन् ।

    शनिबार सप्तरीको बोदेवर्साइन नगरपालिकामा आयोजित कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।



    उनीसँगै विभिन्न पार्टी परित्याग गरी केही नेता–कार्यकर्ता जसपामा प्रवेश गरेको बताइएको छ । पछिल्लो निर्वाचनमा जसपाबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए ।



    योसँगै मधेस प्रदेशसभामा जसपाका प्रदेशसभा सदस्य संख्या १९ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार