Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • एक करोड ३१ लाख ठगेर भागेका प्रभु बैंकका अप्रेसन इन्चार्जविरुद्ध मुद्धा दर्ता

    एक करोड ३१ लाख ठगेर भागेका प्रभु बैंकका अप्रेसन इन्चार्जविरुद्ध मुद्धा दर्ता

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 531
    SHARES

    रुकुम पश्चिम । रुकुम पश्चिमको प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम शाहविरुद्ध मुद्दा दर्ता भएको छ ।

    रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा रहेको प्रभु बैंकका अप्रेसन इन्चार्ज शाहविरुद्ध एक करोड ३१ लाख २५ हजार रुपियाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा मुद्दा दर्ता भएको हो ।



    अप्रेसन इन्चार्ज शाहविरुद्ध प्रभु बैङ्कको कर्णाली प्रदेश कार्यालयले बैङ्किङ कसुर शीर्षकमा मुद्दा दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रहरीका अनुसार अपरेसन इन्चार्ज शाहले बैङ्कका खातावालाहरूको रकम अनधिकृत रूपमा निकाल्ने, जम्मा गर्ने, अरूलाई ट्रान्सफर गर्ने गरेको आरोप लागेको छ ।



    शाहले पदको दुरुपयोग गरेर करोडौँ रुपियाँ हिनामिना गरेको गुनासोपछि बैङ्कले आन्तरिक छानबिन समेत सुरु गरेको थियो । झुट्टा विवरण र खातावालाको जानकारी बिनै बैङ्कमा जम्मा गरेको रकम अपचलन गरेको पाइएपछि उक्त रहस्य खुलेको हो ।

    प्रारम्भिक छानबिनको क्रममा इन्चार्ज शाहले एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको देखिएको बताइएको छ । अब तत्कालै आवश्यक छानबिन सुरु गरिने प्रहरीले जनाएको छ ।

    बैंक आन्तरिक सिस्टम लगायतको गहिरो अध्ययन गर्नुपर्ने भएकोले अनुसन्धानपछि नै थप कुरा खुल्ने प्रहरीको भनाई छ । यता ठगी गरेको आरोप लागेका अप्रेसन इन्चार्ज शाह भने फरार अवस्थामा छन् ।

    बिरामी छु भनेर बिदा स्वीकृत नगरेरै शाह फरार भएको बैंक स्रोत बताउँछ । माघ २० गतेदेखि शाह कार्यालयमा उपस्थित छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार