Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एक करोड ३१ लाख ठगेर भागेका प्रभु बैंकका अप्रेसन इन्चार्ज भारतबाट पक्राउ

    एक करोड ३१ लाख ठगेर भागेका प्रभु बैंकका अप्रेसन इन्चार्ज भारतबाट पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 915
    SHARES

    रूकुम पश्चिम । रुकुम पश्चिमको प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम शाह भारतमा पक्राउ परेका छन् ।

    प्रभु बैंक आठबिसकोट शाखामा एक करोड बढी आर्थिक अनियमितता गरी फरार भएका अपरेसन इञ्चार्ज शाह भारतको गोवाबाट पक्राउ परेका हुन् ।



    उनी माघ २१ गतेदेखि एक करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन तथा दुरूपयोग गरी सम्पर्कविहीन थिए ।



    आफूहरूलाई ठगी गरेको भन्दै पीडितले जाहेरी दिएका थिए भने शाहविरूद्ध बैंक स्वयमले पनि किटानी जाहेरी दिएको थियो ।

    शाहविरूद्ध बैंकिङ कसुर मुद्दामा अपरेसन इञ्चार्ज शाहविरूद्ध एक करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन तथा दुरूपयोग गरेको भन्दै बैंकको तर्फबाट बैंकका कर्णाली प्रदेश कार्यालय इञ्चार्ज शरद तिमिल्सिनाले किटानी जाहेरी दिएका थिए ।

    उनलाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएर प्रहरी थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार