Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • १० बैंकर्सलाई ७ दिन हिरासतमा राख्न उच्च अदालतको अनुमति

    १० बैंकर्सलाई ७ दिन हिरासतमा राख्न उच्च अदालतको अनुमति

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 852
    SHARES

    काठमाडौं । धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका मनोज न्यौपानेसहित १० बैंकर्समाथि अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ ।

    हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले प्रभु बैंकका सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) न्यौपानेसहित १० बैंकर्समाथि म्याद थप गरेको हो ।



    बैंकिङ कसुरमा संलग्न भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपाने र तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको थियो ।



    पक्राउ पर्ने अन्य व्यक्तिहरुमा सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, सविन घिमिरे, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठ छन् ।

    यी सबै व्यक्ति उपर कर्जा अपचलन गरेको आरोप लागेको छ । एक अर्ब १४ करोड २३ लाख रुपैयाँको धितोबापत दुई अर्ब ११ करोड ६५ लाख रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार