Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • स्थापना दिवसमा गण्डकी सरकारबाट १० कर्मचारी पुरस्कृत

    स्थापना दिवसमा गण्डकी सरकारबाट १० कर्मचारी पुरस्कृत

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 531
    SHARES

    पोखरा । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा १० जना कर्मचारी पुरस्कृत भएका छन् । सर्वोत्कृष्ट, उत्कृष्ट र निजामति पुरस्कारबाट उनीहरु पुरस्कृत भएका हुन् ।

    यसवर्षको सर्वोत्कृष्ट प्रदेश निजामति सेवा पुरस्कार मुख्यमन्त्री कार्यालयका सचिव शम्भुराज रेग्मीले पाएका छन् ।



    उत्कृष्ट प्रदेश निजामति पुरस्कार मुख्यमन्त्री कार्यालयका प्रदीपचन्द्र सुवेदी, जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालय पर्वतका विष्णुहरी अधिकारी र यातायात व्यवस्था कार्यालय कास्कीका समिना पुनले पाएका छन् ।



    त्यस्तै प्रदेश निजामति पुरस्कार पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सुरेशकुमार श्रेष्ठ, मुख्यमन्त्री कार्यालयका शिव लम्साल, अर्थ मन्त्रालयका तेजेन्द्रप्रसाद ढकाल, आयुर्वेद स्वास्थ्य केन्द्र मनाङका डा।शंकर गौतम, गोरखा अस्पतालका प्रतिमा श्रेष्ठ र पर्यटन तथा उद्योग कार्यालय कास्कीका अर्जुन काफ्ले छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार