Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले

    मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 489
    SHARES

    काठमाडौं । नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

    मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकारको कामकारबाही सन्तोषजनक नभएको भन्दै एमालेले समर्थक लिने तयारी गरेको हो।



    आइतबार दिउँसो २ बजे मधेश प्रदेश सभाको बैठक बस्दैछ । सोही बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम छ।



    त्यसअघि नै एमालेले संसदीय दलको बैठकबाट विश्वासको मत फिर्ता लिने तयारी गरेको छ । मधेश प्रदेश सभामा १०७ सांसद छन्। जसमध्ये एमालेका २४ जना छन् ।

    मधेश सरकारमा सहभागी चन्द्रकान्त राउत (सिके) नेतृत्वको जनमत पार्टीले माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव आज तेश्रो पटक विश्वासको मत लिने तयारीमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार