Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सबै तहका उम्मेदवार छनोट गर्न प्रत्यक्ष मतदान गरौँ : महामन्त्री थापा

    सबै तहका उम्मेदवार छनोट गर्न प्रत्यक्ष मतदान गरौँ : महामन्त्री थापा

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 453
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै तहका उम्मेदवार छनोट गर्दा प्रत्यक्ष मतदान गर्ने प्रस्ताव गरेका छन् ।

    सोमबारदेखि ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा मंगलबार सांगठनिक प्रस्ताव पेस गर्दै थापाले सो प्रस्ताव गरेका हुन् ।



    उनले अहिलेको विधि प्रक्रियालाई परिवर्तन गरेर क्रियाशील सदस्यको मतदानबाटै उम्मेदवार चयन गर्नुपर्ने बताए ।



    संसदीय उम्मेदवार छनोट गर्दा पनि सम्बन्धित क्षेत्रका पार्टीका क्रियाशील सदस्यको प्रत्यक्ष मतदानबाट टुंग्याउनु पर्ने उनको प्रस्ताव छ ।

    यस्तै उनले महाधिवेशनको मुखमा सदस्यता वितरण गर्न नहुने प्रस्ताव पनि राखेका छन् । थापाले सांगठनिक प्रतिवेदनमार्फत महाधिवेशनको ६ महिनाअघि सदस्यता वितरण कार्य बन्द गर्ने व्यवस्था गर्न प्रस्ताव गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार