Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सेतीमा माछा मार्दा बेपत्ता एकको शव निकालियो

    सेतीमा माछा मार्दा बेपत्ता एकको शव निकालियो

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 483
    SHARES

    फाइल तस्विर

    कास्की । सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता एक जनाको शव सशस्त्र प्रहरीले निकालेको छ ।

    कास्कीको पोखरा महानगरपालिका-१७ महतगौडास्थित सेतीमा खसेका ४० वर्षीय मंगा तामाङ्गको शव सशस्त्र प्रहरीको टोलीले गएराति निकालेको हो ।



    सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट गएको गोताखोर र विपद् उद्दार टीमसहितको फौजले उनको शव निकालेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।



    शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

    माछा मार्ने क्रममा बेपत्ता अर्का एक जनाको खोजी भइरहेको उनले बताए । माछा मार्न गएका पाँचमध्ये अन्य ३ जना भने सकुशल रहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार