Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, कुन दिन के?

    उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, कुन दिन के?

    चैत २४ मा उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 381
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको मिति निर्धारण गरेको भोलिपल्टै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

    आयोगले इलाम २ र बझाङ १ १ मा हुने उप–उपनिर्वाचनका लागि २४ चैतमा उम्मेदवारी दर्ताको समय तोकेको हो ।



    फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ ।



    २४ चैतमा उम्मेदवारी दर्ता हुनेछ भने २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह प्रदान गरिनेछ । चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

    १५ वैशाखमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

    निर्वाचन कार्यक्रम अनुसार मिति २०८० चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिने सहायक प्रवक्ता डा. थानेश्वर भुसालले बताए ।

    साथै मिति २०८० चैत्र २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ। मिति २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार