Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नामिबियाविरुद्ध टस हारेर पहिले फिल्डिङ गर्दै नेपाल

    नामिबियाविरुद्ध टस हारेर पहिले फिल्डिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 447
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

    टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।



    नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको हो । नेपालले टी-२० टोलीमा केही खेलाडी परिवर्तन गर्दा नामिबियाले आईसीसी विश्वकप लिग-२ को टोलीलाई निरन्तरता दिएको छ ।



    लिग २ का दुवै खेलमा ४ विकेट र २ विकेटले नेपाललाई हराएको नामिबिया मनोबल उच्च छ । त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच छन् ।

    नेपाली टिम :

    कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, अभिनास बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार