Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 369
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आग्रह गरेको छ ।

    विसं. २०८१ वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि आयोगले दल दर्ता गर्न भनेको हो ।



    राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौंमा दल दर्ताका लागि निवेदन दिनुपर्ने आयोगको सूचनामा उल्लेख छ ।



    आगामी वैशाख १५ गते इलाम-२ र बझाङ प्रदेशसभा १ मा उपनिर्वाचन हुँदैछ । फागुन २४ गतेदेखि फागुन ३० गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल दर्ता गर्नुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार