Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • उद्योगी व्यवसायीलाई साथमा लिएर अर्थतन्त्र सुधार गर्न पहल गर्छु : अर्थमन्त्री पुन

    उद्योगी व्यवसायीलाई साथमा लिएर अर्थतन्त्र सुधार गर्न पहल गर्छु : अर्थमन्त्री पुन

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 852
    SHARES

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सबै क्षेत्रको मनोबल बढाउने गरी आर्थिक क्षेत्रको सुधार गर्न सकारात्मक पहल गर्ने बताएका छन् ।

    अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । उनले सबै उद्योगी व्यवसायीलाई साथमा लिएर अर्थतन्त्र सुधार गर्न लागिपर्ने पनि प्रतिबद्धता जनाए ।



    ‘विगतमा भएका असल प्रयत्नहरूलाई निरन्तरता दिँदै काम अघि बढाउँछु । यसअघि पनि विकासमा काम गरिसकेको हुनाले कसरी जानुपर्छ भन्ने कुराको अनुभव छ । राजस्व संकलनमा पनि कहाँ–कहाँ कमजोरी छन् । त्यसमा काम गर्नेछौ’, उनले भने ।



    राष्ट्रपति भवन शीतल निवासमा आयोजित शपथपछि उनले बुधबार राति अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई अर्थ मन्त्रालयमा सचिवसहितका कर्मचारीहरुले स्वागत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार